Logo
Logo

डेलिभरी गराउन अस्पताल जाँदै थिइन् रेनुका, दुर्घटनामा श्रीमान् र सासुसहित मृत्यु


11.2k
Shares

काठमाडौं । चितवनको राप्ती नगरपालिका-३ मा शनिवार भएको सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ०३-००१ ज २९९ नम्बरको इभी भ्यान र धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस ठोक्किँदा घटना भएको हो ।

चितवन प्रहरीका अनुसार मृतकमध्ये ६ जनाको सनाखत भएको छ । तीमध्ये मकवानपुर, हेटौँडा-५ का ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका छोरा ३५ वर्षीय सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल, हेटौँडा-४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर-६ की ३१ वर्षीया सिता कुमारी र भ्यान चालक हेटौँडा-१० का राजु थिङ छन् । एक जनाको पहिचान हुन बाँकी छ ।

हेटौँडा-५ का वडाध्यक्ष शुशिल घिमिरेका अनुसार रेनुका, जो आइतबार तेस्रो सन्तान जन्माउन भरतपुर अस्पताल जाँदै थिइन्, आफ्ना श्रीमान् र सासुआमासहित दुर्घटनामा परिन् । उनीहरूको घरमा ४ र ९ वर्षका दुई छोरी छन् । मृतकका शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्