Logo
Logo

संसदमा अनुपस्थित भएपछि प्रधानमन्त्रीको आलोचना


945
Shares

काठमाडौं । आजपाका अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको भन्दै आलोचना गरेका छन् ।

आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा बाोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलिरहेको बताउँदै उनकै मातहत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा अनुपस्थित हुनु निन्दनीय रहेको बताए ।

उनले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्री आफैं अनुपस्थित हुँदा उहाँले बजेटको महत्त्व कति बुझेका छन् ? संसदलाई जवाफ नदिने उहाँ जनउत्तरदायी कसरी हुन सक्नुहुन्छ ?’

सांसद साहले प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै अगाडी भने, ‘उहाँ भन्नुहुन्छ म देशको झोले, तर राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री विदेशीलाई नागरिकता दिने कानुन ल्याउन लागिपर्नुभएको छ ।’ सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार पर्यावाचीजस्तो बनेको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्