Logo
Logo

कहाँ हराए सत्तापक्षका सांसद ?


1.3k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजी र राप्रपाको बहिष्कारबीच चलेको बैठकमा सांसदहरूले बजेटबारे आ–आफ्ना धारणा राखिरहेका छन् ।

यद्यपि, सदनमा अधिकांश सांसदका कुर्सी खाली देखिएका छन् । रास्वपा र राप्रपाको संसद् बहिष्कार र सत्तापक्षका सांसदहरूको पनि न्यून उपस्थितिका कारण सदनमा कुर्सीहरू खाली देखिएका हुन् ।

बजेटजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि सत्तापक्षका धेरै सांसदहरू अनुपस्थित छन्, जसले गर्दा सदनमा अधिकांश कुर्सीहरू खाली देखिएका छन् । यसले सांसदहरूको जिम्मेवारीप्रति प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्