काठमाडौं । आइतबार बिहान इरानको आक्रमणबाट इजरायलमा १६ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवा ‘मैगन डेविड एडोम’ले इरानबाट भएको हवाई आक्रमणमा १६ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको जनाएको छ ।

इजरायली प्रहरीका अनुसार इरानी आक्रमणपछि तेल अभिवमा रहेको एक भवनमा क्षति पुगेको छ । उक्त क्षतिग्रस्त भवनबाट ६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । ती ६ जनालाई पनि सामान्य चोट लागेको जनाइएको छ । प्रहरीका अनुसार अहिले पनि भवनहरू भित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्य जारी छ ।