काठमाडौं । पोखराको बेगनासताल, वडा नं. ३१, कास्कीमा अवस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैङ्क लिमिटेडबीच विशेष छुट सम्झौता भएको छ । यो सम्झौता अनुसार प्रभु बैङ्कका ग्राहक र कर्मचारीहरूले रेष्टुरेण्टको खाना तथा आवास सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यो सुविधाले प्रभु बैङ्कका ग्राहक र कर्मचारीहरू उनका परिवारजनले बेगनासतालको रमणीय दृश्यको आनन्द लिँदै किफायती दरमा सेवा उपभोग गर्न सक्नेछन् । सम्झौतामा रेष्टुरेण्टका प्रोप्राइटर विश्व राज पौडेल र प्रभु बैंकको तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
‘बैङ्क अफ द इयर २०२३’ र फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित प्रभु बैङ्कले हाल ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैङ्किङ सेवा प्रदान गरिरहेको छ । ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको बैङ्कले यस्ता सम्झौतामार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।