काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत इरानका तीन आणविक स्थलमा आक्रमणको घोषणा गरे । इरानका विदेशमन्त्री अब्बास अराघचीले आक्रमणको पुष्टि गर्दै अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप लगाए ।

अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरूले इरानको आणविक स्थलमा भएको आक्रमणको निन्दा गरेका छन् । यसैबीच, मुस्लिम र अरब देशहरूले अमेरिकी आक्रमणको आलोचना गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएका छन् । ट्रम्पको यो निर्णयपछि विश्वका विभिन्न देशमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ ।