Logo
Logo

इजरायलद्धारा इरानका ६ विमानस्थलमा आक्रमण


3.1k
Shares

काठमाडौं । इजरायली सेनाले इरानका ६ विमानस्थलमा आक्रमण गरेको दाबी गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै १५ विमान नष्ट गरेको र धावनमार्गमा क्षति पुगेको जनाएको छ ।

The current image has no alternative text. The file name is: isral.gif

आईडीएफका अनुसार पश्चिमी, पूर्वी र मध्य इरानका विमानस्थललाई निशाना बनाइएको थियो। आक्रमणमा धावनमार्ग र भूमिगत बंकरमा पनि क्षति भएको दाबी गरिएको छ ।

थप रूपमा, आईडीएफले हवाई आक्रमणमा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा हेलिकप्टर नष्ट भएको बताएको छ । इरानले भने यी आक्रमणको अहिलेसम्म पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्