Logo
Logo

इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण 


2.4k
Shares

तेहरान । इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । ‘आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,’ कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।

The current image has no alternative text. The file name is: iran-2.gif

संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताएका छन् । तर, अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आङ्कलन गर्न धेरै चाँडो हुने बताएका छन् ।

इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै सङ्केत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ ।

अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाव परेको थियो ।

प्रतिक्रिया दिनुहोस्