
एजेन्सी । इरानले क्षेप्यास्त्र प्रहार गर्दा इजरायलको दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि इरानले गरेको उक्त हमलामा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेको इजरायली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत घोषणा गरेअनुसार इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टापछि सुरु हुने छ । तर, अहिलेसम्म इजरायलले औपचारिक रूपमा यसको पुष्टि गरेको छैन । इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ ।