काठमाडौं । नेकपा एमालेले बुधवार सचिवालय बैठक बोलाएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधवार दिउँसो १ बजे बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । एमालेले आगामी भाद्र २०, २१ र २२ गते विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।
अधिवेशनले विधानलाई अद्यावधिक र आगामी सङ्गठनात्मक कार्यदिशा तय गर्ने छ । यस अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म भएको थियो। दुई महाधिवेशनको बीचको समय पारेर एमालेले विधान अधिवेशन बनाउने प्रावधान छ ।