Logo
Logo

दुईपांग्रे र चारपांग्रे सवारीमा ५ र युरो ६ मापदण्ड लागू


2.3k
Shares

 काठमाडौं । सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी युरो ३ मापदण्डलाई संशोधन गरेको छ । नयाँ व्यवस्था अनुसार, दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनमा युरो ५, र कम्तीमा चारपांग्रे सवारीसाधनमा युरो ६ प्रदूषण मापदण्ड लागू हुनेछ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा आगामी वर्षबाट युरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको थियो । यद्यपि, मन्त्रिपरिषद्मा पुगेको युरो ६ को प्रस्ताव विभिन्न कारणले फिर्ता भएको थियो । 

नेपालले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहे पनि युरो ३ मापदण्डका सवारी आयात गर्न अनुमति दिँदा प्रदूषण बढेको थियो। युरो ३ को तुलनामा युरो ६ मापदण्डका सवारीले उल्लेखनीय रूपमा कम प्रदूषण उत्सर्जन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्