Logo
Logo

मलाई भ्रष्टाचारी नभन्दिनुहोला : बाबुराम भट्टराई


756
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको लर्को लागेको भन्दै आफूलाई त्यसमा नजोड्न आग्रह गरेका छन् । उनले राज्य वा समाजलाई हानि हुने गरी एक रुपैयाँ पनि नलिएको दाबी गर्दै ललिता निवास प्रकरणलगायत कुनै पनि विषयमा छानबिन गर्न सरकारलाई चुनौती दिए। संविधान सभादेखि नै आफूले छानबिनको माग गरेको र कसैले औँला ठड्याउन नसकेको उनको जिकिर छ ।

The current image has no alternative text. The file name is: baburam-bhattarai.jpg

भट्टराईले प्रमुख तीन दलका नेताहरू भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए । ठेकेदार र कमिसनखोरहरूबाट पैसा लिएर सत्तामा पुगेपछि राज्यको स्रोत दोहन गर्ने प्रवृत्ति कांग्रेस, एमाले हुँदै माओवादीमा सरेको उनले बताए । भ्रष्टाचार, युवा निराशा, विदेश पलायन र आर्थिक समस्याले देश सङ्कटमा रहेको उनको भनाइ छ ।

यसविरुद्ध निर्णायक आन्दोलन र अग्रगामी विकल्प आवश्यक रहेको भन्दै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र प्राधिकरण, निष्पक्ष अदालत र स्थानीय तहमा जनलोकपाल गठनको माग गरे । भिजिट भिसा प्रकरणमा संस्थागत भ्रष्टाचार भएको र संसदीय छानबिन जरुरी रहेको उनले जोड दिए ।

आफूहरू नै वैकल्पिक राजनीतिको मूल शक्ति भएको दाबी गर्दै भट्टराईले जनमुखी मुद्दामा अन्य वैकल्पिक शक्तिसँग सहकार्य गर्ने र पुराना बेइमानहरूसँग सम्झौता नगर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्