Logo
Logo

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित


441
Shares

काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक (बजेट) २०८२ मङ्गलवार बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

The current image has no alternative text. The file name is: bishnu-1.gif

बजेटमाथिको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित रहे । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग राख्दै यी दुई दलले जेठ १३ गतेदेखि संसद्का कामकारबाही बहिष्कार गर्दै आएका छन् । मङ्गलवारको बैठकमा पनि यी दलका सांसदहरू उपस्थित भएनन् ।

प्रतिपक्षको विरोध र अवरोधबीच सभाले बजेट पारित गरेको हो। बजेट पारितसँगै आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि छलफल अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्