Logo
Logo

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गरिने


189
Shares

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रूपमा अघि बढाउने योजना रहेको उल्लेख गरे । 

The current image has no alternative text. The file name is: pirthibi.gif

उनले सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको जानकारी दिए। साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्यका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको उनले बताए । 

मन्त्री गुरुङका अनुसार ब्रोडब्यान्ड इन्टरनेट सेवा ६,५६६ वडा केन्द्रमा पुगिसकेको छ र आगामी आर्थिक वर्षमा सबै वडामा विस्तार गरिनेछ। साथै, ५,३४१ सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । 

नागरिकको सरकारी तथा सार्वजनिक सेवामा पहुँच सहज बनाउन र सेवा दक्षता बढाउन अधिकांश सेवालाई नागरिक एपमा आबद्ध गर्ने प्रणाली विकास गरिएको उनले बताए । साथै, सूचना प्रविधिमा नवीनतम प्रविधिको उपयोग गर्न एआई सम्बन्धी नीति स्वीकृतिको चरणमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्