
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ ।
यही असार तेस्रो सातासम्ममा एसईईको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना जारी गर्दै मोबाइल एसएमएस, आईभीआर र विभिन्न वेबासाइटहरुबाट रिजल्ट हेर्न सकिने जानकारी दिएको हो ।
कार्यालयले एसईईको नतिजा हेर्न सकिने बेवसाइटहरुको विवरणसमेत सार्वजनिक गरेको छ । टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने कार्यालयले जनाएको छ ।
त्यसैगरि जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि, अल स्टार आईटी सोलुसन्स प्रालि लगायतबाट एसएमएसको माध्यमबाट पनि नजिताको जानकारी लिन सकिने सूचनामा उल्लेख छ ।
