
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका १० मा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार साँझ खेल्ने क्रममा निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।
उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।