
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । ‘इरानको आणविक कार्यक्रम नष्ट भएको छैन’ भन्ने पेन्टागनको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले आफ्नो ट्रुथ सोसलमा करिब ६० सेकेन्डको भिडियो सेयर गरेका हुन् ।
उक्त भिडियोमा बी–२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ । भिडियोमा एउटा गीत बजिरहेको छ, जसमा इरानमाथि बम प्रहार गर्नुस् भन्ने शब्दहरू बारम्बार दोहोरिएको सुनिन्छ ।
लिक भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक अड्डाहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट नगरेको दाबी गरेको छ । यता ट्रम्पले भने अमेरिकी आक्रमणबाट इरानको तीन आणविकस्थल नष्ट भएको दाबी गर्दै आइरहेका छन् ।