Logo
Logo

विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल


189
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा आफू विरुद्ध मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल बयान दिन विशेष अदालतमा उपस्थित भएका हुन् ।

आजै इजलासमा मुद्दाको पेसी तोकिने र अध्यक्ष नेपालले पतञ्जली प्रकणमा बयान दिने उनी निकट कानुन व्यवसायीहरुको योजना छ । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

प्रतिक्रिया दिनुहोस्