
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा सुरू भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालको बयान न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा सुरू भएकाे हो ।
अध्यक्ष नेपालले उपस्थित हुने भनी कानुन व्यवसायीमार्फत मंगलबार निवेदन दिएका थिए । यससँगै आज बुधबार न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासमा बयान सुरू भएकाे हो । नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।