
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल हुने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए ।
त्यस्तै पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दाबारे पनि छलफल हुने बताइएको छ । अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि उनीमाथि पार्टीको कार्यवाहक सभापति र संसदीय दलको नेता तोक्न दबाब छ ।














