
काठमाडौं । ग्राण्डी अस्पताल पछाडीबाट विष्णुमती खोलामा कारसहित खसेकी युवतीको प्रहरीले उद्धार गरेको छ । गएराति दुई जना सवार बा.प्र.०१–०३१ च ६१४१ नम्बरको प्राइभेट ईभी कार टोखा नगरपालिका– ६ ग्राण्डी अस्पताल पछाडीबाट विष्णुमती खोलामा खसेको थियो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ घर भई हाल काठमाडौँको धुम्बाराही बस्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । कार बिष्णुमतीमा खसेपछि चालक सिंह तत्लालै गाडीबाट बाहिर निस्केका थिए । तर, कारसहित ३४ वर्षीया भावना ओलीलाई भने बाढीले बगाएको थियो ।
उनलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए । हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।