
काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघि राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ । ‘विनियोजन विधेयक, टेबल भएसँगै राष्ट्रियसभामा छलफल शुरु हुनेछ । त्यसपछि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
यस्तै सांसद जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।














