Logo
Logo

मुकुल ढकालको रिट न्यायाधीश रेग्मीको इजलासमा


1.3k
Shares

काठमाडौं । रास्वपाबाट निकालिएका डा. मुकुल ढकालले सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

रास्वपाको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो ।

ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्