
काठमाडौं । सरकारले लागु औषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने भएको छ ।
बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले उक्त कुरा बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए । लागु औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री लेखकले त्यसका लागि मन्त्रालयअन्तर्गत नै विभाग गठन गरिने बताएका हुन् ।
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उनकाो भनाई थियो ।
देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उनले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राखे ।














