Logo
Logo

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी


1k
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेको छ ।

प्रस्तावित न्यायाधीशहरू वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको हो । समिति सभापति ईश्वरी न्यौपानेले आज बसेको बैठकमा उनीहरुविरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन् ।

उजुरीकर्तालाई शुक्रबार बिहान साढे ११ बजे बस्ने समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय भएको छ । समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ १५ गते आइतबार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्