Logo
Logo

अदालतको अवहेलनामा ‘दृष्टि मिडिया’का अध्यक्ष श्रेष्ठको बयान जारी


1.4k
Shares

काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘दृष्टि मिडिया’ का अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासहितको बयान भैरहेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासमा सुनुवाइ जारी छ ।

The current image has no alternative text. The file name is: shambudai-bayan.jpg

दृष्टिन्यूजमा गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

असार ९ गते विशेष अदालतको बृहत् इजलासले सम्पादकसहित तीन जनालाई समाचार नहटाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्