काठमाडौं । इरानबाट तीन नेपालीसहित २७२ भारतीय नागरिक दिल्ली आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समार्फत अपरेशन सिन्धुअन्तर्गत हालसम्म ३,४२६ भारतीयलाई इरानबाट उद्धार गरिएको जानकारी दिए ।

इजरायल–इरान द्वन्द्वपछि भारत सरकारले अपरेशन सिन्धु सञ्चालन गरेको हो । यसअन्तर्गत नेपाली र श्रीलङ्काली नागरिकको पनि उद्धार भइरहेको छ ।
नेपाल सरकारले इरानमा रहेका नेपालीलाई भारतीय सरकारको सहयोगमा स्वदेश फर्काउने नीति लिएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले यसअघि नै इरानमा रहेका नेपालीलाई भारतको पहलमा उद्धार गरिने बताएकी थिइन् ।