Logo
Logo

शिक्षा जुत्ता बेचेजस्तो नाफामुखी हुनुहुँदैन : सुमना श्रेष्ठ


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजी विद्यालयहरूलाई नयाँ मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने र गैरनाफामूलक बनाउनुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समिति बैठकमा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।

The current image has no alternative text. The file name is: Sumana-Shreshtha.jpg

‘निजी विद्यालय खोल्ने कि नखोल्ने ? सञ्चालनमा रहेकालाई के गर्नेरु शिक्षालाई गैरनाफामूलक बनाउनुपर्छ,’सांसद श्रेष्ठले भनिन्, ‘शिक्षा जुत्ता बेचेजस्तो नाफामुखी हुनुहुँदैन । संविधानको मर्मअनुसार नचल्ने हो भने संविधान नै परिवर्तन गरौँ ।’

उनले निजी विद्यालयलाई १५ वर्षको समयसीमा तोकेर क्रमशः गैरनाफामूलक र लोककल्याणकारी बनाउनुपर्ने प्रस्ताव अघि सारिन् । ‘निजी विद्यालयलाई नयाँ मापदण्डअनुसार अघि बढाउनुपर्छ । १५ वर्षभित्र राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउने दिशामा जानुपर्छ,’ उनले जोड दिइन् । श्रेष्ठले यस्तो नीति कार्यान्वयनका लागि स्पष्ट समयसीमा तोकेर अघि बढ्नुपर्ने सुझाव दिइन् ।

प्रतिक्रिया दिनुहोस्