Logo
Logo

मधेशको बजेट छलफलमा विपक्षी पाँच दल सहभागी नहुने


378
Shares

काठमाडौं । विपक्षी पाँच दलले मधेस प्रदेशको आगामी आर्थिक वर्षको बजेट छलफलमा सहभागी नहुने निर्णय गरेको छ ।

सरकारको नेतृत्वकर्ता दल जनमत पार्टी नै असन्तुष्ट भएर सरकार नै छाड्नेसम्मको चर्चा भइरहेका बेला बिहीबार बसेको विपक्षी मोर्चाको बैठकले बजेटको छलफलमै सहभागी नहुने निर्णय गरेको हो ।

माओवादीका प्रदेश सांसद युवराज भट्टराईले बिचौलियाको स्वार्थमा रेडबुकमा बजेट राखिएकाले पाँच दलले संयुक्तरुपमा सदनको बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।

मधेस प्रदेश सभामा विपक्षी मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा र नेपाल संघीय समाज वादी पार्टी रहेका छन् ।

सत्ताको नेतृत्वकर्ता दल र प्रतिपक्षले समेत बजेटको विषयमा विरोध जनाउन थालेपछि प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्