Logo
Logo

दृष्टि मिडियाविरूद्ध अवहेलना मुद्दामा सुनुवाइ सुरू


1.8k
Shares

काठमाडौं । दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतको बयान सकिएपछि सुनुवाइ सुरू भएको छ । विशेष अदालतको पूर्ण इजलासमा केहिबेर अघि बयान सकिएपछि उक्त मुद्दाको सुनुवाइ सुरू भएकाे हो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायीहरु दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताहरुले बहस नोट पेस गरेका छन् । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरुले बहस गर्दै छन् ।

विशेषका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको पूर्ण इजलासमा सुनुवाइ भइरहेकाे हाे।

प्रतिक्रिया दिनुहोस्