Logo
Logo

कक्षा ८ सम्म अनिवार्य र १२ सम्म निःशुल्क शिक्षा लागू गरौँ : देवेन्द्र पौडेल


1.3k
Shares

काठमाडौं ।  पूर्वशिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्नुपर्ने बताएका छन् । उनले सार्वजनिक शिक्षालाई राज्यको पहिलो प्राथमिकता बनाउनुपर्नेमा जोड दिए ।

The current image has no alternative text. The file name is: debendra.gif

बिहीबार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले निजी विद्यालयको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने र सार्वजनिक विद्यालयलाई सेवामूलक बनाउँदै सुदृढ गर्नुपर्ने बताए । उनले निजी विद्यालयको सम्पत्ति संरक्षण सरकारको दायित्व भए पनि तिनको उचित नियमन आवश्यक रहेको उल्लेख गरे ।

पौडेलले सरकारले कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रतिबद्धता व्यक्त गरिसकेको भन्दै यसलाई कार्यान्वयन गर्न स्पष्ट समयसीमा निर्धारण गर्नुपर्ने बताए ।

उनले भने, ‘सार्वजनिक विद्यालयको सुदृढीकरण राज्यको पहिलो प्राथमिकता हो र यो सेवामूलक हुनुपर्छ। हामीले कक्षा ८ सम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रतिबद्धता जनाएका छौँ । यो कार्यान्वयनका लागि सरकारले निश्चित समयसीमा तोक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्