Logo
Logo

सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बिना निर्णय टुङ्गियो


630
Shares

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाको बिहीबार बसेको बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीले बोलाएको उक्त बैठकमा पाँच एजेण्डामाथि छलफल गर्ने तयारी थियो ।

The current image has no alternative text. The file name is: morcha.gif

बैठकमा रुपन्देही क्षेत्र नं. ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ र विविध विषयमा छलफल भएको थियो । 

राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशव झाका अनुसार, बैठकले कुनै ठोस निर्णय नलिई आइतबार पुनः बस्ने गरी टुङ्गिएको छ । उ

बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, रामकुमार शर्मा, नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, सिएन थारु, लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीका अब्दुल खान, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, साबिर हुसेन र तमलोपाका वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्