Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सटी एक्सप्रेस मनी ट्रान्सफर र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । जसअन्तर्गत अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआइसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ । एनआइसी एशियाका देशभर १०५ लघुवित्तका शाखाहरु रहेका छन् । उक्त शाखाहरुमार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तर्राष्ट्रिय कारोबारहरुको भुक्तानी हुनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्टे«लिया, आदि थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्