Logo
Logo

दृष्टि मिडियाविरूद्ध अवहेलना मुद्दामा सुनुवाइ सकियो, फैसला आउँदै


2.9k
Shares

काठमाडौं । दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्यूज डटकमका सम्पादक एमपी सुब्बाविरुद्ध अवहेलना मुद्दामा विशेष अदालतको बयान र सुनुवाइ सकिएको छ । फैसला आउन भने बाँकी रहेको छ । विशेष अदालतको पूर्ण इजलासमा कहिबेर अघि सुनुवाइ सकिएपछि उक्त मुद्दाको फैसला लेखनको कार्य भइरहेको छ । 

The current image has no alternative text. The file name is: shambudai-bayan.jpg

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताहरूले बहस नोट पेस गरेका छन् । वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरेका हुन् । 

विशेषका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको पूर्ण इजलासमा सुनुवाइ भएको हो । 

प्रतिक्रिया दिनुहोस्