Logo
Logo

माओवादी नेताहरूले नै बुझेनन् दुई बुँदे सहमति 


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोध हटाउन पार्टीका केही नेताहरूले गरेको सहमतिलाई नबुझेर आलोचना गरेकोमा दुख व्यक्त गरेका छन् । बिहीबार अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

The current image has no alternative text. The file name is: prachand-2.gif

प्रचण्डले विद्यालय ऐन, निजामती सेवा, नागरिकता जस्ता विधेयकहरू पारित गर्नुपर्ने आवश्यकताले सदन सुचारु गर्न पहल गरेको बताए । “तर, हाम्रा केही साथीहरूले यो कुरा बुझेनन्, जसले मलाई दुखी बनाएको छ । सरकारको नेतृत्व सदन नचलोस् भन्ने चाहन्छ। उनीहरूको मनसाय सदन भङ्ग गरेर अध्यादेशमार्फत बजेट र अन्य ऐनहरू पारित गर्ने छ,” उनले भने ।

उनले परिस्थितिको गम्भीरतापूर्वक विश्लेषण गरेर कदम चालेको स्पष्ट पारे । ‘सत्तामा रहेकाहरूबीचको दूरी र अन्तर बुझ्न जरुरी छ। हामीले सोहीअनुसार कदम चालेका छौँ, र परिणाम अवश्य आउनेछ,’ उनले जोड दिए । प्रचण्डले केही व्यक्तिहरूले नियतवश गलत प्रचार गरेर नेतृत्वलाई कमजोर बनाउन खोजेको भन्दै मजदुर वर्गले यस्ता कुरालाई बुझेर साथ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्