Logo
Logo

सम्पादक शम्भु श्रेष्ठ र एमपी सुब्बा धरौटीमा रिहा 


11.2k
Shares

काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् । २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेशसँगै दुवै जना धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले बिहीबार दुवै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता हर्क रावल, दिनेश त्रिपाठी, डेकेन्द्रप्रसाद सुवेदी, अनन्तराज लुइँटेल, कपिलदेव ढकाल, कीर्तिनाथ शर्मा पौडेल, विकास भट्टराई, विकास थापा, लीलानाथ घिमिरे, शंकरप्रसाद पोखरेल, विशाल थापालगायतले बहस गर्नुभएको थियो । एमिकस क्यूरीको रुपमा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र स्वयं उपस्थित बहस गर्नुभएको थियो ।

वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गरे । 

प्रतिक्रिया दिनुहोस्