
काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा एक युवाको घाँटी रेटी हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको बिहीबार घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले मृतकको पहिचान गरी शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जानकारी दिए ।
मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित खटिएको टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।














