Logo
Logo

लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर विस्तार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न ८ सुनखानीमा रहेको छ ।

यी दुई नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्