Logo
Logo

गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो : देउवा 


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको बताएका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सम्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले निर्धारित समयमा नै पार्टी महाधिवेशन हुने बताए । 

The current image has no alternative text. The file name is: deuwa.gif

उनले कांग्रेस र एमाले फरक फरक दल सरकारमा भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको बताए । देउवाले कांग्रेसको आग्रह पछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे ।  

कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा लगायतका नेता चितवन पुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्