जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नै पर्ने उनका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताएका छन् ।

इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भने, ‘नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको छ त्यो यो निकै धेरै समय हो र उहाँको बसाई स्वच्छ छैन ।’ उनले भने, नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनै पर्छ ।
सन् २०२१ मा नेतन्याहूका आलोचकहरूसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहूलाई पदबाट हटाएका थिए । तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार करिब एक वर्षपछि ढलेको थियो ।
त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहूले अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री पद ग्रहण गरेका थिए ।