Logo
Logo

सिआईबीको नाममा पाँच लाख माग्ने पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन ।
सिआईबीको नाममा पाँच लाख माग्ने व्यक्ति पक्राउ परेका छन् । धादिङ निलकण्ड–१४ घर भई तारकेश्वर बस्ने शंकर प्रसाद अधिकारीलाई सिआईबीले पक्राउ गरेको हो ।


एक व्यवसायीलाई उनले तपाईको विरुद्ध अख्तियारमा मुद्दा परेको छ, अख्तियारले पक्राउ गर्न सिआईबीलाई पत्राचार गरेको छ भन्दै ब्लाकमेल गरेका थिए । व्यवसायीले सिआईबीमा बुझ्दा त्यस्तो केही नरहेको खुलेको थियो ।
पक्राउ परेका अधिकारी आलोचना साप्ताहिकका पत्रकार भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्