Logo
Logo

तान्जानिया बस दुर्घटना : ३८ जनाको मृत्यु


504
Shares

डार एस सलाम । तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिवार साँझ बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ ।

The current image has no alternative text. The file name is: tanginiya.gif

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८ जनाको ज्यान गएको पुष्टि गरिएको छ । साथै, २८ जना घाइते भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार, दुर्घटना बसको टायर पञ्चर भएपछि चालकको नियन्त्रण गुम्दा भएको हो । ठोक्किएपछिको आगलागीले क्षति थप भयावह बनाएको बताइएको छ ।

“दुर्घटनामा परेका मध्ये ३६ जनाको शरीर पूर्ण रूपमा जलेकोले पहिचान गर्न कठिन भएको छ,” विज्ञप्तिमा भनिएको छ । अहिले पनि घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तान्जानियामा यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै तान्जानियामा १३ हजार देखि १९ हजार जना मानिस सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्