Logo
Logo

कामना सेवाले एक्यानका सदस्यलाई बिनाधितो १५ लाखसम्मको कर्जा दिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)मा आवद्ध सदस्यहरुलाई बिनाधितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो ।

द्विपक्षीय समझदारीपत्रअनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिनाधितोमा रु १५ लाखसम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । यो सम्झौतापछि एक्यानका सदस्यले व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि बिनाधितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफू विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी दिए ।

साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहका लागि समझदारी भएको धितालले जानकारी दिए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीका लागि छलफल भइरहेको धितालले जानकारी दिए । यस समझदारीपत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक, गैरराजनीतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखा व्यवसायको संरक्षण एवं संवद्र्धन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय सञ्चालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्