शुक्रबार देशभर ५९४ कोरोना संक्रमितमध्ये उपत्यकामात्रै ११९ जनामा संक्रमण


Published On : 14 August, 2020

काठमाडौं, ३० साउन । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमणदर बढेपछि उपत्यकावासीमा त्रास फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्