थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई निलम्बन गरेको छ । कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो ।

टेलिफोन वार्तामा सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै ‘अंकल’ सम्बोधन गरेपछि विवाद चर्किएको थियो । यसका कारण उनलाई बर्खास्त गर्न माग गर्दै अदालतमा निवेदन दायर भएको थियो ।
यसैबीच, हजारौँ प्रदर्शनकारीहरूले बैंककको सडकमा उत्रिएर उनको राजीनामाको माग गरेका थिए । सिनावात्राले टेलिफोन वार्ताको विषयमा माफी मागे पनि विवाद साम्य भएको छैन । उनी गत वर्ष साउन ३२ गते थाइल्याण्डको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।