Logo
Logo

सर्पको डसाइबाट महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


डोटी, ३० साउन । विषालु सर्पको डसाइबाट डोटीमा ३० वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमान्सँगै माइती आएकी थिइन् । उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्