Logo
Logo

रुसद्वारा युक्रेनमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार

जेलेन्स्कीले मागे अमेरिकासँग गुहार


2.5k
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा गरेको ड्रोन र मिसाइल आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । युक्रेनका अनुसार रुसले शुक्रवार ५३९ ड्रोन र ११ मिसाइल प्रहार गरेको थियो ।

The current image has no alternative text. The file name is: war.gif

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको केही समयपछि यो आक्रमण भएको हो । ट्रम्पले वार्तापछि पुटिन युक्रेन युद्ध अन्त्य गर्न इच्छुक नभएकोमा निराशा व्यक्त गरेका छन् । रुसले आफ्ना लक्ष्य पूरा नभएसम्म युक्रेनविरुद्ध युद्ध जारी राख्ने बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको कडा निन्दा गरेका छन् । बीबीसीका अनुसार उनले भने, “रुसले पुनः युद्ध अन्त्य गर्न नचाहेको स्पष्ट पारेको छ ।” जेलेन्स्कीले युक्रेनका सहयोगी मुलुक, विशेष गरी अमेरिकालाई रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्