Logo
Logo

एलन मस्कले खोले नयाँ दल, नाम ‘अमेरिका पार्टी’


945
Shares

काठमाडौं । अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् ‘अमेरिका पार्टी’ स्थापना गरेको जानकारी दिएका हुन् ।

यद्यपी उनले ‘अमेरिका पार्टी’ औपचारिक रुपमा दर्ता भइसकेको छ कि छैन भन्ने जानकारी दिएका छैनन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन ।

अमेरिकाको फेडलर इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ ।
यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको द्विपक्षीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौति दिने बताएका छन् ।

सन् २०२४ को निर्वाचनको बेला मस्क डोनाल्ड ट्रम्पको प्रमुख समर्थक थिए । उनले चुनावका लागि ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्क सरकारी खर्च कटौती सम्बन्धी निकायको प्रमुखको पदमा नियुक्त भएका थिए । तर, पछि ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए ।

प्रतिक्रिया दिनुहोस्