Logo
Logo

पश्चिम एसियाको तनावबारे इरान, रुस र टर्कीएबीच उच्चस्तरीय वार्ता


1.3k
Shares

तेहरान । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७औँ बहुपक्षीय सम्मेलनको अवसरमा रुस र  टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।  उनले रुसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा, इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता व्यक्त गरे।

The current image has no alternative text. The file name is: iran-1.gif

रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै, इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गरे । उनले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिए ।

टर्कीएका परराष्ट्र मन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा, दुवै नेताले गाजामा भइरहेको मानवीय सङ्कटबारे गम्भीर चिन्ता व्यक्त गरे । इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उनीहरूले जोड दिए ।

हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो । जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण ग¥यो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो। बाह्र दिनसम्म चलेको यो तनावपछि, अन्ततः दुवै पक्षबीच युद्धविरामको सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्