Logo
Logo
रसुवामा बाढी पहिरोको वितण्डा

प्रधानमन्त्रीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा आएको बाढी र त्यसले पुर्याएको क्षतिपछि अत्यावश्यकबाहेक पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

कार्यक्रमहरु स्थगित गरेर आपतकालीन सहायता उपलब्ध गराउन समन्वय गरिररहेको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै बाढी प्रभावितलाई सरकारले युद्धस्तरमा उद्दारमा लागेको बताएका छन् ।

उनले लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’ सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन दिएको पनि उनले बताएका छन् ।

सरकारी निकायहरुले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीका अनुसार बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरु आएका छन् । ठूलो भौतिक क्षति पु¥याएको छ । उनले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण र विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन् ।

‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु । विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्